Logo

घरको झ्यालमा कपडा सुकाए ५ सय देखि १५०० सम्म जरिवाना तिर्नुपर्ने



Spread the love

एजेन्सी । दुबइमा स्थानीय बासिन्दाले बार्दलीमा कपडा सुकाएको पाइएमा स्थानीय प्रशासनले जरिवाना तिराउनेछ । स्थानीय प्रशासनले हालै लागू गरेका नियम अनुसार अबदेखि दुबईमा बाल्कोनीमा कपडा सुकाउन मात्र होइन बाल्कोनीमा उभिएर चुरोट पिउन तथा चुरोटको ठुटा वा खरानी तल फ्याँक्न पनि पाइनेछैन ।

सहरलाई सफा राख्नका लागि यो कदम उठाइएको दुबइ नगरपालिकाले जनाएको छ । दुबइ नगरपालिकाले बासिन्दाहरुलाई आफ्नो अपार्टमेन्टको बाल्कोनीको दुरुपयोग नगर्न आग्रह गरेको छ ।

नियम उल्लंघन गरेमा ५ सय देखि १५०० दिरहामसम्म जरिवाना तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्