Logo

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात स्थगित



Spread the love

२२ पुस, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको छ। गुजरात सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दै गएपछि सम्मेलनलाई स्थगित गरेको हो ।

आउँदो सोमवारदेखि सम्मेलन आयोजना गर्ने तयारी थियो । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइतवार गुजरात जाने तयारीमा थिए।

भारतमा बिहीबार एकैदिन ९० हजार मानिसमा कोरोनाको संक्रमण भएको थियो। भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्