Logo

ए डिभिजन लिग – संकटा र सातदोबाटोले बराबरी खेल्दै अंक बाडे



Spread the love

२३ पुस, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । दशरथ रंगशालामा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन् ।

खेलको २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाए। ३२ औं मिनेटमा जया गुरुङले उत्कृष्ट गोल गर्दै संकटालाई १–१ को फर्काए।

बराबरीसँगै ८ खेलमा १४ अंक जोडेको संकटा लिगको तेस्रो स्थानमा रहँदा सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्