Logo

ए डिभिजन लिग – थ्री स्टारलाई शेर्पाको चुनौति, जितको खोजिमा दुबै टोलि



Spread the love
तस्बिर – एन्फा

२५ पुस, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक खेल मात्र हुँदैछ । दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे थ्री स्टारसंग हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्दैछ।

थ्री स्टार ७ खेलमा १० अङ्क जोडेर अङ्क तालिकाको छैटौँ स्थानमा छ भने शेर्पा ११ अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।

थ्री स्टार आजको खेलमा जित निकाल्दै आफ्नो अकं तालिका सुधार्न चाहन्छ । त्यस्तै, शेर्पा संकटा र आर्मीलाई दबाबमा राख्ने रणनीतिका साथ मैदान उत्रदैछ।

प्रतिक्रिया दिनुहोस्