Logo

भोलिबाट देशभरका विद्यालयहरु माघ १५ गतेसम्म बन्द



Spread the love

२६ पुस, काठमाडौं । शिक्षा मन्त्रालयले भोलिबाट माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको भन्दै विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा वचावटको विषयलाई विशेष ध्यान दिदै देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरू माघ १५ गतेसम्म विदा दिने निर्णय भएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्