Logo

डुङ्गामा ढुङ्गा खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो



Spread the love

२६ पुस, एजेन्सी । ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू–गर्भीय घाटीबाट भत्किँएका चट्टान एक डुङ्गामा खँस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ । यस दुर्घटनामा परी ३२ घाइते भएका थिए । ती मध्ये २९ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ ।

उक्त घटना शनिबार दिउँसो भएको थियो । मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेबाट करिब ३०० किलोमिटर टाढा क्यापिटोलियो शहरनजिकै फर्नास ताल वरपरको घाटीबाट ठूला चट्टान खसेको थियो । शनिबार बिहान यस क्षेत्रमा भारी वर्षा भएको थियो जसले केही भू–गर्भशास्त्रीले पानीको बहावले चट्टान खसेको हुनसक्ने विश्वास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्