Logo

उकालो लाग्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

२७ पुस, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ । आज तीन सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

सोमबार सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्