Logo

एकैदिन थपिए २४४४ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ९८० जनामा संक्रमण



Spread the love

२७ पुस, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २४४४ कोरोना संक्रमित थपिएका छन् । संक्रमित १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९८१ जनामा र चार हजार ३८५ जनाको एन्टिजन परीक्षण गर्दा ४६३ जनामा कोरोना पुष्टि भएको हो।

सो अवधिमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ।

त्यस्तै, आज ३१३ जना निको हुदाँ काठमाडौं उपत्यकामा १ हजार २८६ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्