Logo

राष्ट्रपति अन्ड्रेसलाई पुनः कोरोना संक्रमण



Spread the love

२७ पुस, एजेन्सी । मेक्सिकोका राष्ट्रपति अन्ड्रेस मान्युल लोपेज ओर्बाडोर कोरोनाभाइरसबाट फेरि सङ्क्रमित भएका छन् । उनि अहिले दोस्रो पटक सङ्क्रमित भएको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई सामान्य लक्षण देखिएको र शंका लागेर परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको उनीहरुको भनाई छ । सङ्क्रमण पुष्टि भएसँगै राष्ट्रपति अन्ड्रेस आइसोलेसनमा बसेका छन् । तर उनले आफ्नो काम भने आइसोलेसनबाटै पनि गर्ने जनाइएको छ ।

भर्चुअल माध्यमबाट गर्न मिल्ने काम भर्चुअल माध्यमबाटै गर्ने उनले बताएका छन् । गत सोमबार पत्रकार सम्मेलन गरेपछि उनलाई सङ्क्रमण भएको जनाइएको छ । अवको पत्रकार सम्मेलन भने गृहमन्त्री अडान औगुस्टो लोपेजले गर्ने तय भएको छ । उनले अतिरिक्त खोपसमेत लगाइसकेकाले उनले सङ्क्रमण हुने संभावना कम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्