Logo

युभेन्टसलाई हराउँदै इन्टरले उचाल्यो सुपर कपको उपाधि



Spread the love

एजेन्सी । इन्टर मिलानले गएराति युभेन्टसलाई २–१ ले पराजित गर्दै इटालियन सुपर कपको उपाधि हात पारेको छ । निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि थपिएको ३० मिनेट समयको अन्तिम मिनेटमा सान्चेजले गोल गरेपछि इन्टरले जित निकालेको हो।

सान्चेज ७५औँ मिनेटमा लाउटारो मार्टिनेजको स्थानमा मैदान छिरेका थिए ।

साविक विजेता युभेन्टसले सुपर कपमा नौ पटक उपाधि जितेको छ । युभेन्टसले सन् २०१२ पछि पहिलोपटक लिग विजेताभन्दा सुपर कपको साविक विजेताको हैसियतमा प्रतियोगितामा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्