Logo

भारतमा दैनिक साढे २ लाख नजिक थपिदै कोरोना संक्रमित



Spread the love

एजेन्सी । भारतमा कोरोनाभाइरस संक्रमण तिब्र रुपमा फैलिरहँदा दैनिक संक्रमितको संख्या झण्डै साढे २ लाख पुग्न लागेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ४१७ जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा १० दिनको अवधिमा संक्रमितको संख्या ६ गुणाले बढेको भारतीय समाचार माध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर ८४ हजार ८२५ जना निको भएको र ३८० जनाको मृत्यु भएको पनि समाचारमा उल्लेख छ ।

त्यस्तै, नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ५ हजार ४८८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्