Logo

धादिङको रुबीभ्यालीमा पहिरोमा पुरिएर तीनजना बेपत्ता, हेलिकप्टरबाट सशस्त्रको टोली घटनास्थलमा



Spread the love

२९ पुस, काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित पुरिएर तीनजना बेपत्ता भएका छन्। माथिबाट सुख्खा पहिरो खस्दा डोजरसहित पुरिएर तीनजना बेपत्ता भएको धादिङका एसपी राकेश सिंहले जानकारी दिए।

धादिङबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र गाउँपालिकाका अध्यक्षसहितको टोली आज बिहान साढे ११ बजे हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको हो ।

पहिरोमा बेपत्ता हुनेहरुमा चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ रहेका छन्। बाटो खन्ने ठाउँबाट डोजर करिब १५० मिटर तल खसेर पुरिएको एसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्