Logo

प्रधानमन्त्री कप – सुदूरपश्चिमको पहिलो जित, कर्णाली पराजित



Spread the love
तस्बिर – क्यान

२९ पुस, काठमाडौँ । प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ। सुदूरपश्चिमले बिहिबार समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई ४७ रनले हराएको हो ।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १९.१ ओभरमा अलआउट हुदैँ १०६ रनमै समेटियो। कर्णालीका लागि रविन्द्र शाहीले सर्वाधिक ३० रन बनाउँदा अर्जुन घर्तिले ३० रन जोडे ।

सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ४ विकेट लिँदा हेमन्त डाँगीले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो । उसका लागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाउँदा बसन्त कार्कीले २८ तथा दीपक बोहोराले २५ रनको योगदान दिए।

प्रतिक्रिया दिनुहोस्