Logo

तपाईको कोभिड खोप कार्ड हरायो, अब के गर्ने ?



Spread the love

काठमाडौँ । कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको छ । खोप कार्डबिना प्रवेश निषेध गरिएसँगै खोप कार्ड हराएको तथा केहीले खोप लगाए पनि कार्ड नपाएको अवस्था रहेकाले कतिपयमा चिन्ता उत्पन्न भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले आफ्नो कार्ड सुरक्षित राख्न र विद्युतीय कार्डका लागि दर्ता गराएर खोप लगाएको प्रमाण सधैँका निम्ति सुरक्षित गर्न आग्रह गरेका छन्।

कार्ड नपाए वा हराएमा के गर्ने

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार त्यस्ता व्यक्तिहरूले आफूले खोप लिएकै स्थानबाट कार्ड प्राप्त गर्न सक्नेछन्।अन्यत्रबाट कार्ड लिन खोज्दा यकिन विवरण नहुने भएकाले आफूले खोप लगाएकै स्थानमा जान दाहाल आग्रह गर्छन्।

प्रतिक्रिया दिनुहोस्