Logo

भूमिहीन सुकुम्वासी समस्या समाधानका लागि निर्माता शाही र नेता चुडामणी कडेलको छलफल



Spread the love

३० पुस, काठमाडाैँ । फिल्म निर्माता तथा वितरक गोविन्द शाही अव्यव्यस्थित बसोवास र भूमिहीन सुकुम्वासी समस्या समाधानका लागि छलफलमा जुटेका छन् ।

बुधबार शाहीले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासँग यो समस्या समाधानबारे छलफल गरेका हुन् । निर्माता शाहीको साथमा बाँके काँग्रेसका केन्द्रीय महाधीवेशन प्रतिनिधि तथा युवा नेता चुडामणी कडेल पनि सहभागी थिए ।

यसबारे जानकारी दिँदै निर्माता शाहीले लेखेका छन्, ‘समग्र बाँके जिल्लामा रहेका बिभिन्न गाउँपालिका र नगरपालिका विशेषत बैजनाथ,जानकी,खजुरा गाउँपालिका रहेको अव्यव्यस्थित बसोवास,भूमिहीन सुकुम्वासी समस्या समाधानको लागि आज बांके जिल्ला नेपाली काँग्रेस केन्द्रीय महाधीवेशन प्रतिनिधि तथा युवा नेता चुडामणी कडेल ज्यू र म राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला दाईसँग उहाँको अफिसमा विशेष छलफल ।’

प्रतिक्रिया दिनुहोस्