Logo

खेलाडीले दबाब महसुस गरेको भए टिभीमै लाइभ म्याचहरू हेर्छु – अल्मुताइरी



Spread the love

३० पुस, काठमाडौँ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूले खेलाडीलाई कुनै प्रकारको दबाब नदिएको स्पष्ट पारेका छन्।ए डिभिजन क्लबहरुले अलमुताइरीले खेलाडीलाई शतप्रतिशत नखेल्नु भन्दै प्रशिक्षक अलमुताइरीले निर्देशन दिएको भन्ने आरोपपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

अलमुताइरीले आफ्नो उपस्थितिले लिग म्याचमा खेलाडीलाई दबाव परेको भए आफूले टिभीमै लाइभ म्याच हेर्नेसमेत जनाएका छन्।

‘कुनै पनि खेलाडीलाई नखेल भनेर मैले कहिल्यै भनिनँ र लिगका खेलहरूमा १०० प्रतिशत नदिनु पनि भनेको छैन, उनले सामाजिक सञ्जालमा लेखेका छन्, मलाई थाहा छ क्लबमा १०० प्रतिशत दिने खेलाडीले राष्ट्रिय टोलीमा उत्तिकै योगदान दिन सक्दैनन् ।

ए डिभिजन लिग चलिरहँदा अखिल नेपाल फुटबल संघले ३५ जना खेलाडीलाई मरिससविरुद्धको खेलका लागि बन्द प्रशिक्षणमा बोलाएको थियो।लिगमा सहभागी टोलीका केही प्रशिक्षकहरूले उक्त बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीहरूलाई अल्मुताइरीले दबाब दिएको भन्दै असन्तुष्ट भएका थिए।

प्रतिक्रिया दिनुहोस्