Logo

भारतमा एकैदिन साढे २ लाख कोरोना संक्रमित थपिए, ३१५ जनाको मृत्यु



Spread the love

एजेन्सी। भारतमा कोरोनाभाइरस आक्रामक रुपमा फैलिदै गर्दा एकैदिन २ लाख ६४ हजार २०२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप ३१५ जना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ९ हजार ३४५ जना निको भएका भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजको संक्रमण दर बिहीबारभन्दा ६.७ प्रतिशतले बढी रहेको जनाइएको छ । भारतमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको संख्या ५७५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्