Logo

सुदूरपश्चिममा एकैदिन ३८३ जनामा कोरोना सङ्क्रमण



Spread the love

३० पुस, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा शुक्रबार एकैदिन थप ३८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट दुई हजार ३१ जनाको नमूना परीक्षण गर्दा ३८३ मा सङ्क्रमण पुष्टि भएको हो ।

पीसीआरमार्फत ७३ र एन्टीजेनमार्फत ३१० मा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ६६, जिल्ला अस्पताल डोटीमा छ, कमलबाजार अस्पतालमा एक र एन्टीजेनमार्फत कैलालीमा १९०, कञ्चनपुरमा १०१, डोटीमा ११ र बैतडीमा आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्