Logo

दिल्लीका १५ प्रतिशत शय्यामा मात्रै विरामी भर्ना



Spread the love

३० पुस, एजेन्सी । भारतको दिल्ली प्रदेशमा रहेका कूल शय्यामध्ये अहिले १५ प्रतिशत मात्रै शय्यामा विरामी भर्ना भएका छन् ।

अरु ८५ प्रतिशत शय्या खाली नै रहेकाले शय्याको अभाव हुन्छ की भनेर चिन्ता लिनु पर्ने अवस्था नरहेको अधिकारीले जनाएका छन् ।

दिल्ली प्रदेशका स्वास्थ्य मन्त्री सत्यन्द्र जैनले प्रदेशभरीमा औसतमा २५ हजार नयाँ सङ्क्रमित थपिने गरेको शुक्रबार जानकारी दिए ।

उनले अघिल्लो दिन दिल्लीमा २८ हजार ८६७ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरे । सोही अवधिमा ३१ जनाको कोरोनाभाइरसका कारण निधन भएको पनि उनले बताए ।

त्यसैगरी २८ हजार सङ्क्रमित थपिएको बेला दुई हजार ४२४ जना सङ्क्रमित मात्रै अस्पताल भर्ना भएका थिए । दिल्लीका १३ हजारभन्दा बढी शैया खाली रहेको मन्त्री जैनले जानकारी दिए ।

उनका अनुसार कोरोनाका कारण मृत्यु भएकामध्ये ७५ प्रतिशतले खोप नलगाएको पाइएको छ । खोप लगाएकाहरूको मृत्युदर अत्यन्त कम रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्