Logo

प्रधानमन्त्री कप- नेपाल पुलिस समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश



Spread the love
तस्बिर : क्यान

३ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगितामा विभागिय टोलि नेपाल पुलिस क्लव सेमिफाइनलमा पुगेको छ । पुलिसले प्रदेश एकलाई ६ विकेटले पराजित गर्दै समुह ए को विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय एक रन बनाएको थियो । मनिश थापाले ५९ रन बनाउँदा श्रबन यादवले १० रन को योगदान दिए ।

बलिङमा दिपेन्द्रसिंह ऐरी र मञ्जित सिंह तथा आरिफ शेखले दुई दुई विकेट हात पारे ।

जवाफमा पुलिसले १३ ओभर एक बलमा चार विकेट गुमाउँदै लक्ष्य भेटायो ।

जितसँगै पुलिसले चार खेलमा चारै जित निकाल्दै आठ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्