Logo

प्रदेश २ को नाम ‘मधेश’, राजधानी जनकपुरधाम



Spread the love

३ माघ, जनकपुर । प्रदेश नं. २ को नाम ‘मधेश’ कायम भएको छ । सोमबार प्रदेशको नामबारे भएको मतदानमा ‘मधेश’को नाममा २ तिहाइ मत पुगेको हो ।

प्रदेशसभाका १०४ मध्ये मतदानमा ९९ सांसदहरुले मतदान गरेका थिए । जसमा ८० जनाले मधेशको पक्षमा मतदान गरेको सभामुख सरोज कुमार यादवले बताए ।

यसअघि सोमबार नै प्रदेशको राजधानी पनि टुंगो लगाइएको छ । मतदानबाट छिनोफानो भएको प्रदेशको राजधानी जनकपुरधाम कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्