Logo

प्रधानमन्त्री कप – बागमतीलाई हराउँदै पुलिस फाइनलमा



Spread the love
तस्बिर – क्यान

४ माघ, काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब पुगेको छ । पुलिसले मंगलबार भएको पहिलो सेमिफाइनलमा बागमतीलाई ५० रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

१५६ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा १०५ रन मात्र बनायो । बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान दिँदा कप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोडे ।

दिपेन्द्रसिंह ऐरीले ५, सागर ढकालले २ तथा आरिफ शेखले १ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको पुलिसले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।

पुलिसका लागि पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ५४ बलमा ५९ रन बनाए।

प्रतिक्रिया दिनुहोस्