Logo

प्रधानमन्त्री कप – फाइनलमा एपिएफ र पुलिस प्रस्पिर्धा गर्दै



Spread the love

४ माघ, काठमाडौँ । एपिएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपिएफले फाइनलमा स्थान बनाएको हो ।

२३१ रनको विशाल लक्ष्य पछ्याएको आर्मीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १८३ रन मात्र बनायो। आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ३८ रन जोडे । त्यस्तै, भीम सार्कीले ३५, सुमित श्रेष्ठले २४ र हरि चौहानले २२ रनको योगदान दिए ।

एपिएफका लागि शरद भेषवाकरले ३, भुवन कार्की र अभिनाश बोहराले २–२ तथा किशोर महतो र दीपक बोहराको नाममा समान १–१ विकेट रह्यो।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३० रन बनाएको थियो ।

एपिएफका लागि आसिफ शेख, प्रदीप ऐरी र लोकेश बमले अर्धशतकीय पारी खेले । आसिफले ४३ बलमा सर्वाधिक ८४ रन जोड्दा लोकेश ६६ र प्रदीप ५७ रनमा अविजित रहे ।

एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लबसँग भिड्नेछ । यसअघि नै पुलिस बागमती प्रदेशलाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्