Logo

प्रधानमन्त्री कप फाइनल – एपीएफद्वारा पुलिससामु १५८ रनको लक्ष्य प्रस्तुत



Spread the love

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफले पुलिस क्लवसामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको हो ।

एपीएफका लागि अमर रौटेलाले १५ बलमा सर्वाधिक २९ रन बनाउँदा लोकेश बमले २७, दीपक बोहोराले २४ रनको योगदान दिए।

पुलिसका सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले तीन /तीन विकेट लिए भने गुल्शन झाले दुई र आरिफ शेख र योगेन्द्र सिंह कार्कीको नाममा समान एक/एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्