Logo

पुलिसलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि



Spread the love

५ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)ले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपिएफ च्याम्पियन बनेको हो।

एपीएफले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले सात विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो । उसका लागि दीपेन्द्रसिंहले सबैभन्दा धेरै ६५ रन बनाए । दिलीप नाथले २३ रन बनाउँदा आरिफ शेखले १२ र अनिल शाहले १० रनको योगदान दिए ।

एपीएफका किशोर महतोले तीन विकेट लिँदा अविनाश बोहरा, अमर रौटेला र दीपक बोहराको नाममा एक/एक विकेट रह्यो।

यसअघि, त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो।

एपीएफका लागि अमर रौटेलाले १५ बलमा सर्वाधिक २९ रन बनाउँदा लोकेश बमले २७, दीपक बोहोराले २४ रनको योगदान दिए।

पुलिसका सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले तीन /तीन विकेट लिए भने गुल्शन झाले दुई र आरिफ शेख र योगेन्द्र सिंह कार्कीको नाममा समान एक/एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्