Logo

सन्दीपको कप्तानीमा विश्वकप छनोटका टोलि घोषणा, विनोद र सोमपाल आउट



Spread the love

६ माघ, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलिको घोषणा गरेको छ ।‍ क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

युवा ब्याट्सम्यान लोकेश बाम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् भने विनोद भण्डारी, सोमपाल कामी टिममा अटाएका छैनन् ।

विश्वकप छनोटको समूह ए अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ तारिखदेखि २४ तारिखसम्म ओमानमा हुँदैछ ।

नेपाली टोलि -सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम।

प्रतिक्रिया दिनुहोस्