Logo

बुद्ध एयरको जहाज अवतरण गर्न नसक्दा आकाशमै फन्को मार्यो, एक यात्रु बेहोस



Spread the love

६ माघ, काठमाडौँ । काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाज ४० मिनेट आकाशमा होल्ड गरेपछि मात्र नेपालगन्ज विमानस्थलमा अवतरण हुन सकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ जना यात्रु लिएर बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगन्ज विमानस्थलमा अवतरण भएको हो।

जहाज बिहान ८ बजेर ४० मिनेटमा अवतरण हुनुपर्ने थियो। तर,अवतरण गर्न नसक्दाआकाशमै घुमिरहेको हो।

सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाइ बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्