Logo

ग्वार्कोमा बन्ने भयो फ्लाइओभर, ड्रइङ र डिजाइन निर्माण कम्पनीले नै गर्ने



Spread the love

७ माघ, ललितपुर । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणको जिम्मा एमरएस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ ।

गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार अत्यधिक सवारी अवरुद्ध हुने काठमाडौँ उपत्यकाका चोकहरूमा फ्लाइओभर निर्माण गर्ने सरकारको नीति छ । सोहीअनुरूप ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणका लागि कम्पनी छनोट भएको हो ।

उहाँका अनुसार फ्लाइओभर निर्माणका प्रस्ताव हाल्ने नौ कम्पनीमध्ये १७ करोड रुपियाँमा एम÷एस आशिष समानान्तर रेलिगर जेभीले ठेक्का पाएको हो । प्रस्तावित ठेक्का रकमभन्दा ३८ प्रतिशत कम रकममा ठेक्का लागेको हो ।

ठेक्काका लागि आठवटा कम्पनी आर्थिक प्रतिस्पर्धामा थिए । १५ दिनभित्र ठेक्का सम्झौता भई काम प्रारम्भ हुने जनाइएको छ । फ्लाइओभरको ड्रोइङ तथा डिजाइन निर्माण कम्पनीले नै गर्नेछ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्