Logo

आज मिति २०७८ साल माघ ८ गते शनिबार, हेर्नुहोस् आजको राशीफल



Spread the love

आज मिति २०७८ साल माघ ८ गते शनिबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

वादविवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनावश्यक धन तथा स्थाई सम्पती हानी हुन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुदा तिर्नुपर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पर्यटन सम्वन्धी व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन वित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी विचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्वन्धी पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काविच नजिक हुने तथा रमाउँन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अध्ययनमा मन जानेछ भने सफल हुनेसुत्र पत्ता लगाउँन सकिने हुदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे धन तथा सम्पती कमाउँन सकिनेछ भने स्कूल कलेजमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आकस्मिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्नेछ । आमा तथा आमा सरहका मानिससँग बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । प्रतिस्पर्धीहरुले काममा अवरोध पु¥याउँन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछी पर्नु हुनेछ । सामान्य छाती सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । राजनीतिमा जनताको समर्थन पाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अदालती तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाड भएर जानेछ । छोटो तथा रमाईलो यात्राको सम्भावना भएपनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइ लेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा वढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लामो संघर्ष पछीमात्र उपलव्धी हात लाग्ने समय रहेकोले काम गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानी बढाउँन सकिनेछ भने नया काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । पढाइ लेखाइमा सफलता प्राप्त गर्न निकै नै मिहिनेत गर्नुपर्नेछ । माया प्रेममा नजिक भएपनि आत्मियताको कमी महशुष हुनेछ । आफन्त तथा अग्रज हरुसँग मनमुटाव बढ्ने तथा साथी भाईले असहयोग गर्दा मनमा बेचैन पैदा हुनेछ ।  

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

स्वास्थ्य सम्वन्धी समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

ईमान्दारिता पुर्वक गरीएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनाले मन प्रशन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पतीको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्वन्धीत कामहरु फस्टाएर जानेछन् । चाहको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लीत हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

गित संगितमा विषेश रुचि बढ्नेछ भने बिद्यामा तपार्ईँ अव्वल सावित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ ।कृषी तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पति पत्नी वचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।

प्रतिक्रिया दिनुहोस्