Logo

कैलालीमा हायस दुर्घटना, १६ जना घाइते



Spread the love

१० माघ, कैलाली । कैलालीमा हायस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । अत्तरियाबाट धनगढीतर्फ आइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायसले ल ना ४ ख १९१५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा पाठक पेट्रोल पम्प नजिक दुर्घटना भएको हो ।

हायसले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घाइतेको धनगढी र अत्तरियाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्