Logo

वेस्ट इन्डिजका हुसेनले तोडे सोमपाल कामीको विश्व कीर्तिमान



Spread the love

एजेन्सी । वेस्ट इन्डिजका स्पिनर अकिल हुसेनले नेपाली तीव्र गतिका बलर सोमपाल कामीको नाममा रहेको एक कीर्तिमान तोडेका छन् । उनले इंग्ल्यान्डविरुद्धको टि-२० सिरिज अन्तर्गत दोस्रो खेलमा १६ बलमा अविजित ४४ रनको पारी खेल्दै सोमपालको कीर्तिमान तोडेका हुन्।

योसँगै उनी टी -२० अन्तर्राष्ट्रियमा दशौं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् ।

सोमपालले २०१४ मा हङकङविरुद्ध ४० रन जोडेर यो कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्