Logo

अफ्रिकन नेशन्स कपमा भागदौड मच्चिदा ८ जनाको मृत्यु, ४० बढी घाइते



Spread the love

एजेन्सी । अफ्रिकन कप अफ नेशन्स अन्तर्गतको सोमवारको क्वाटरफाइनलमा भागदौड मच्चिदा ८ जनाको मृत्यु भएको छ । र कम्तीमा ४० जना भन्दा बढी घाइते भएका छन्। क्वाटरफाइनलमा आयोजक क्यामरुन छनोट भएपछि स्टेडियम बाहिर यो घटना भएको हो।

भिडियोमा ओलेम्बे स्टेडियममा ठूलो भीडले प्रवेश गर्न कोशिष गरेको देखिन्छ। यो घटनाको क्षतिको बारेमा विवरण आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्