Logo

आहा रारा गोल्डकप – क्वाटरफाइनलमा आर्मी र थ्रीस्टार आमनेसामने हुदैँ



Spread the love

११ माघ, पोखरा । आहा रारा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज त्रिभुवन आर्मीले थ्रीस्टारसंग प्रतिस्पर्धा गर्दैछ। पोखरा रंगशालामा दिउँसो साढे दुई बजेबाट सुरु हुदैँछ ।

जारी ए डिभिजन लिगमा तेस्रो स्थानमा रहेको आर्मी र चौथो स्थानमा रहेको थ्रीस्टारबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

हिजो भएको तेस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले साविक विजेता संकटामाथि ४–१ गोलअन्तरको जित दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्