Logo

३ वर्षमा बन्नुपर्ने पुलमा ३ पटक थपियो म्याद, दशक बित्न लाग्दा २० प्रतिशत मात्रै काम



Spread the love
प्रतिकात्मक तस्बीर ।

१२ माघ, गुल्मी । गुल्मी र स्याङ्जा जिल्ला जोड्ने गरी निर्माण सुरु गरिएको पक्की पुल झण्डै एक दशक बित्नै लाग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । गुल्मीको रुरुक्षेत्र गाउँपालिका -१ र स्याङ्जाको कालीगण्डकी गाउँपालिका १ स्थित कालीगण्डकी नदिमा निर्माण सुरु गरिएको चन्द्री भञ्ज्याङ्को पुल नौ वर्षदेखि अलपत्र परेको हो ।

स्वच्छन्द निर्माण प्रालि काठमाडौले २०७२ असार २४ गते निर्माण सम्पन्न गर्ने गरी २०६९ असार २५ गते १७ करोड ९५ लाख ७५ हजार आठ सय १४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । नौ वर्षको अवधिमा ठेकेदारले तीन पटक सम्म म्याद थप गर्दा पनि २० प्रतिशत मात्रै काम भएको छ भने १२ प्रतिशत रकम भुक्तानी बुझेको बताइएको छ ।

पिल्लर खन्ने क्रममा समस्या आएपछि काम अगाडी बढ्न नसकेको निर्माण व्यवसायीलाई उद्धृत गर्दै मदन भण्डारी राजमार्गको कार्यालयले जनाएको छ । साथै पछिल्लो समय निर्माण व्यवसायीले २०७८ चैत २८ गते सम्म म्याद थपेको र सो समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको कार्यालयले जानकारी दिएको छ।

१ सय ५० मिटर लम्बाइ र ८ दशमलव ४३ प्रतिशत चौडाई रहेको उक्त पुल समयमै सम्पन्न नहुदा दुई जिल्लाका जनताले सास्ती खेपेका छन् ।
घुमाउरो बाटो हिडेर स्याङ्जा र गुल्मी गर्नु पर्ने बाध्यता रहेको छ जसले गर्दा आन्तरिक पर्यटन प्रवर्द्धनसँगै व्यापार व्यवसायमा समेत नोक्सानी पुर्याएको स्थानीयको गुनासो रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्