Logo

सिके राउतका कार्यकर्ताले गरे नगरपालिकाको गाडीमा तोडफोड, मेयर घाइते



Spread the love

१२ माघ, सर्लाही । सर्लाहीको हरिओन नगरपालिकाका गाडीमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले तोडफोड गरेका छन् । नगर प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड गरेको हुन् ।

उनीहरू मतदान गर्न आइरहेको समयमा जनकपुरधामस्थित रामचोकमा गाडीमा तोडफोड गरिएको थियो । सोही क्रममा प्रसाईलाई चोटसमेत लागेको छ ।

कार्यकर्ताले आज बिहानैदेखि जनकपुरधाममा तोडफोड तथा प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्