Logo

२१ लाख ६९ हजार भन्दा बढि जनगणनामा अनुपस्थित, विदेशिने महिलाको संख्या ७१ प्रतिशतले बढ्यो



Spread the love

१२ माघ, काठमाडौं । जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बिदेशमा भएर २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु जनगणनामा अनुपस्थित छन्। जसमध्ये १७ लाख ६३ हजार ३१५ पुरुष (८१.२८ प्रतिशत) र ४ लाख ६ हजार १०३ महिला (१८.७२ प्रतिशत) रहेका छन् ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजाअनुसार अहिले विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको हो।

१० वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थितको संख्या १९ लाख २१ हजार ४९४ थियो । तथ्यांकका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

सबैभन्दा बढी विदेश हुने जनसंख्या भएका प्रमुख पाँच जिल्लाहरूमा काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङ छन् । सबैभन्दा कम विदेशमा भएका व्यक्तिहरू भएका जिल्लाहरूमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्