Logo

नेपालमा थपिए ८ हजार ४५४ संक्रमित, ४४३३ जना निको भए



Spread the love

१२ माघ, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर विधिबाट गरिएको २० हजार ३५९ परीक्षणमा देशभर ८ हजार ४५४ संक्रमित थपिएको हो ।

सो अवधिमा ४ हजार ४३३ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्