
१२ माघ, लुम्बिनी । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
बुधबार भएको निर्वाचनको मत परिणाम काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी भएका हुन् ।
उनीहरू एमालेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गर्दै विजयी भएका हुन् ।
दाङको घोराहीमा भएको मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्