Logo

बारम्बार ढाड, पेट दुख्छ ? कतै मिर्गौला खराब हुनुको संकेत त होइन



Spread the love

एजेन्सी । मृगौलाले हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ, मृगौलाको सही काम हाम्रो समग्र स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। किनभने हाम्रो मृगौलाले हरेक दिन करिब १२० देखि १५० क्वार्टर रगत फिल्टर गर्न काम गर्दछ। मृगौलाले रातो रक्त कोशिकाको उत्पादन र ब्लड प्रेशरलाई नियन्त्रणमा राखी हड्डीहरू मजबुत बनाउन मदत गर्दछ ।

तर, कहिलेकाहीं मधुमेह, उच्च रक्तचाप जस्ता केही कारणहरुले गर्दा मिर्गौला खराब हुने गर्दछ । आज हामी तपाईहरुलाई मिर्गौला खराब हुन भन्दा के कस्ता लक्षणहरु देखिन्छ भन्ने बारे चर्चा गछौँ :
-सुनिनु
मृगौलाले राम्ररी काम नगर्दा शरीरमा जम्मा भएको फोहोर र तरल पदार्थ राम्ररी बाहिर निस्कन नसक्दा शरीर सुन्निने हुन्छ । जब हाम्रो मिर्गौला ठीकसँग काम गर्न सक्षम हुदैँन तब विशेष गरी खुट्टाहरु सुन्नि थाल्दछ ।

-ढाड दुख्नु
मृगौलाको समस्या देखिनु प्रारम्भिक लक्षण मध्ये एक ढाड दुखाइ हो। मृगौलामा संक्रमणका कारण ढाडको बिचमा गहिरो दुखाइ महसुस हुन्छ।

-थकित महसुस
जब हाम्रो मृगौलाले राम्रोसँग काम गर्दैन, तब हामी सधैं थकित महसुस गर्छौं । साथै कुनै पनि कुरामा हाम्रो ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ।

-निदाउन गाह्रो हुनु
मिर्गौलाले राम्ररी फिल्टर गर्न नसक्दा विषाक्त पदार्थ शौचालयको माध्यमबाट शरीरबाट बाहिर निस्कनुको सट्टा रगतमा रहन्छ। जसका कारण निदाउन गाह्रो हुन सक्छ।

-छालामा दाग
यदि शरीरमा फोहोर जम्मा भइरह्यो र शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन सकेन भने त्यसको प्रभाव व्यक्तिको छालामा पनि देखिन थाल्छ।

-बेहोश हुने
उच्च रक्तचाप र मृगौला स्वास्थ्य समस्याहरू एक अर्कासँग सम्बन्धित छन्। कहिलेकाहीँ उच्च रक्तचापका कारण मानिस बेहोस हुने गर्छ, यो बाहेक मिर्गौला फेल हुने वा मृगौलाको पत्थरीको कारण पनि हुन सक्छ।

साथै, गर्मी मौसममा पनि चिसो महसुस हुनु
बारम्बार बान्ता हुनु
पेट सुन्निने
अचानक तौल घट्नु
बारम्बार पेट दुख्ने आदि मृगौला बिग्रिएको संकेत हो ।

प्रतिक्रिया दिनुहोस्