Logo

मोरङको उखुबारीमा मृत भेटिएका दुई शवको खुल्यो पहिचान



Spread the love

१६ माघ, मोरङ। मोरङको धनपालथान गाउँपालिका–७, कमलपुरस्थित उखुबारीमा भेटिएका दुई शवको पहिचान खुलेको छ । एक शव राजेन्द्रकुमार श्रेष्ठ र अर्को शव शम्भु चौधरीको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले बताए।

जिसीका अनुसार दुवै मृतक साथी रहेको र एकै समयमा सम्पर्कविहीन भएको देखिएको छ । चौधरी काठमाडौं र श्रेष्ठ भक्तपुरमा बस्दै आएका थिए । उनीहरु दुवैजना जग्गा कारोबारमा संलग्न रहेको खुल्न आएको छ ।

यही माघ १३ र १४ गते उखुबारीको खाल्डोमा दुईजनाको शव फेला परेको थियो । हत्याको कारण नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्