Logo

साताको पहिलो दिन नै सुनको मूल्यमा गिरावट, कतिमा कारोबार भइरहेको छ ?



Spread the love

१६ माघ, काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आज ४०० ले घटेर ९२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य १५ रुपैयाले घटेर आज एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्