Logo

दुई वर्षपछि प्रिमियर लिगमा फर्किए एरिक्सन



Spread the love

एजेन्सी। २९ वर्षीय डेनमार्कका मिडफिल्डर क्रिस्टिएन एरिक्सन प्रिमियर लिगमा फर्किएका छन् । दुई वर्षपछि प्रिमियर लिगमा फर्केका एरिक्सनलाई ब्रेन्टफोर्डले ६ महिनाका लागि अनुबन्ध गरेको हो ।

एरिक्सनले गत सिजन एटालियन क्लब इन्टर मिलानबाट लिगको उपाधि जितेका थिए। तर, युरोकप दौरान फिनल्याण्डविरुद्धको खेलमा हृदयघातपछि एरिक्सनले फुटबल खेलेका छैनन् ।

मिलानमा २०२० मा आबद्ध हुनुअघि एरिक्सनले ७ वर्ष इंग्लिस क्लब टोटेनहमबाट खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्