Logo

आईपीएलको मेगा अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छनोट



Spread the love

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन्। नेपालबाट १५ खेलाडीले अक्सनमा नाम दर्ता गराए पनि सन्दीपमात्र मेगा अक्सनका लागि छनोट भएका हुन्।

सन्दीपले आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ० तोकेका छन्।

सन्दीपबाहेक नेपालबाट सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, आसिफ शेख, पवन सरार्फ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले नाम दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस्