Logo

पाराग्वेमाथि ब्राजिलको सानदार जित, अर्जेन्टिनाको अपराजित यात्रा कायमै



Spread the love

एजेन्सी । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेले सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेलाई ४-० ले हराएको हो ।

राफिन्हाले २८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाए। खेलको ६२ औं मिनेटमा कउटिन्हो, ८६ औं मिनेटमा एन्टोनी र ८८ औं मिनेटमा रोड्रिगोले गोल गरेपछि ब्राजिलले जित पक्का गर्यो ।

यसअघि नै विश्वकपमा छनोट भइसकेको ब्राजिल १५ खेलबाट ३९ अंक जोडेर शीर्ष स्थानमा छ । पाराग्वे १३ अंकसहित नवौं स्थानमा छ ।

गएराति भएको खेलमा उरुग्वे भेनेजुएलालाई ४-१ ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ ।

त्यस्तै, अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई २९ खेलसम्म पुर्‍याएको छ। विश्वकपको महादेशीय छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले अपराजित यात्रा कायम राखेको हो।

घरेलु मैदानमा कोलम्बियाविरुद्ध उत्रिएको अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले निर्णायक गोल गरे।

प्रतिक्रिया दिनुहोस्