Logo

भारतमा कोरोना संक्रमणदर घट्दै, मृत्युदर भने बढ्दै



Spread the love

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ । यद्दपी, मृत्युदर भने बढ्दै गएको छ। भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार ३८६ जनामा संक्रमित थपिएका छन्।

सोही अवधिमा २ लाख ८१ हजार १०९ जना कोरोना संक्रमणमुक्त्त भएका छन्। हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १६ लाख २१ हजार ६०३ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार ७३३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्