Logo

बर्दियामा बस दुर्घटना, ३५ जना घाइते



Spread the love

२० माघ, बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ स्थित पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुदाँ ३५ जना घाइते भएका छन् ।कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा पर्दा ३५ जना यात्रु घाइते भएका हुन्।

घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर भएकोले थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । अन्य घाइते यात्रु सामान्य उपचार पछि घर फर्किएका छन् ।

बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्