Logo

भारतमा कोरोना संक्रमण घट्दो क्रममा, २४ घण्टामा १००८ जनाको मृत्यु



Spread the love

एजेन्सी। भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घन्टामा १ लाख ७२ हजार ४३३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् भने थप १००८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै, २४ घण्टामा २ लाख ५९ हजार १०७ जना संक्रमणमुक्त भएका छन। अहिले त्यहाँ १५ लाख ३३ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्