Logo

भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन



Spread the love

एजेन्सी । भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनले ३६ भाषामा हजारौं गीत गाएकी छिन् । उनले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्