Logo

काठमाडौँका यी स्थानमा भोलिबाट फाइजर खोपको दोस्रो डोज लगाइदैँ



Spread the love

२३ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिबाट फाइजर खोपको दोस्रो डोज लगाउने भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको हो ।

१२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले मात्र फाइजरको खोप लगाउन पाउने छन् ।

त्यस्तै, बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्