Logo

एमसीसी पारित नगर्नेमा माओवादी प्रस्ट छ – नारायणकाजी श्रेष्ठ



Spread the love

२३ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी पास नहुने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित अति गोप्य पत्र सार्वजनिक भएपछि नेता श्रेष्ठले यथास्थितिमा एमसीसी सम्झौता स्वीकार नगर्ने बताएका हुन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले एमसीसीबारे आफ्नो पार्टीको अडान र दृष्टिकोणप्रति भ्रममा नपर्न अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्